आर्थिक

भारत-पाकिस्तान युद्ध: आतङ्कवादी पूर्वाधारमा ध्वस्त पार्ने भारतको लक्ष, हालसम्म दुबैतर्फ गरेर ३६ जनाको मृत्यु

२४ वैशाख, काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा परि हालसम्म २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गए राती १ बजे देखि ‘सिँदुर अपरेसन’ नाम दिएर हवाई हमला गरेको भारतले आतङ्कवादी समूहको विभिन्न शिविरहरूमा आक्रमण गरेको बताएको छ। 

भारतीय सेनाले कश्मीरमा नौ स्थानमा हवाई हमाल गरेको जनाएको छ। भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति मार्फत उक्त कुरा बताएको हो। पाकिस्तानले गरेको गोलाबारीमा कम्तीमा १० जना भारतीयको मृत्यु भएको छ भने ३२ जना घाइते भएको बताइएको छ।

त्यस्तै भारतीय विदेश मन्त्रालयले पनि पाकिस्तानमाथिको आक्रमण आतङ्कवाद अन्तको लागी भएको बताएको छ। एक विज्ञप्ति मार्फत ‘सिँदुर’ अपरेसन मार्फत आतङ्कवाद विरुद्ध कारबाही सुरु गरेको बताएको हो ।

पहलगाममा आफन्तकै अगाडी टाउकोमा गोली हानी बीभत्स तरीकाले आफ्ना नागरिकको हत्या  गरेको र सोही हत्याको बदला लिन अपरेसन सुरु गरिएको स्पष्ट गरेको छ। उसले पाकिस्तानमा रहेका आतङ्कवादी पूर्वाधारमा ध्वस्त पार्ने लक्ष रहेको बताएको हो।