२४ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले भारत र पाकिस्तानको लफडाले अर्थतन्त्र चौपट हुन सक्ने बताएका छन् ।
आज काठमाडौँको बालुवाटारस्थित एक रेस्टुरेन्टमा आयोजना गरिएको गैर आवासीय नेपालीहरू सँगको बधाई दिने कार्यक्रममा बोल्दै डा कोइरालाले भारत र पाकिस्तानबिच पछिल्ला समयमा भएका एकर्काका आक्रमण र वक्तव्यबाजीले नेपाललाई पनि गम्भीर असर पर्ने भन्दै उनले दुवै पक्ष सचेत भएर द्वन्द्व रोक्नुपर्ने बताए ।
गैर आवासीय नेपालीसँगको फुटका कारण बदनाम भएको समयमा महेश श्रेष्ठको अध्यक्षतामा बनेको नयाँ समितिलाई बधाई दिने कार्यक्रममा डा कोइरालाले उक्त चिन्ता र चासो व्यक्त गरेका हुन् । उक्त कार्यक्रममा नयाँ कार्यसमिति तथा विश्वभरबाट काठमाडौँ आएका गैर आवासीय नेपालीहरूको उपस्थिति रहेको थियो ।
