२४ वैशाख, काठमाडौँ । बाल मन्दिर जग्गा प्रकरणमा मुछिएका १७ जना विरुद्ध मुद्दा दर्ता भएको छ। महान्यायाधिवक्ताको कार्यालयले मुद्धा चलाउने निर्णय गरेपछि आज सरकारी वकिल कार्यालय काठमाडौँले रिता सिंहलगायत १७ जना विरुद्ध मुद्दा चलाएको हो।
अदालतमा १७ जनाबाट ६० करोड बढी बिगो दाबी गर्दै मुद्दा परेको हो।
रिता सिंह उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंहको सहोदर दिदी हुन् भने उनी अध्यक्ष रहेको समयमा उक्त जग्गा भाडामा लगाउने विषयमा घोटाला भएको आरोप लागेको हो।
यस अघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै प्रहरीले बुझाएको अनुसन्धानको फाईल बन्द गराएको थियो।
हेर्नुहोस् मुद्दा दर्ता भएका १७ जना को नाम !
१) रिता सिंह
२) तुलसी नारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्ण शंकर साह
५) श्याम कुमार आले
६) सुवास कुमार पोखरेल
७) प्रचण्ड राज प्रधान
८) राम काजी गुरुङ
९) योगेन्द्र बहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविण राज जोशी
१२) मुरारी निधि तिवारी
१३) पुरुषोत्तम राज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)