२४ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बैठक बिहान ९ बजे सुरू हुने जनाइएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने छ।