२४ वैशाख, दाङ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ । अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही–१८ शङ्खेपीपलघाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका सात छोरा र एक छोरी छन् ।