आर्थिक

आईपीओ स्वीकृतिमा कमिसन मागिएको आरोप : धितोपत्र बोर्डमा अख्तियारको छापा

२४ वैशाख, काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिमा कमिसन मागिएको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

छानबिनका क्रममा बोर्डबाट ८९ कम्पनीका आईपीओसम्बन्धी फाइल नियन्त्रणमा लिइएको छ।

निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानले आईपीओ स्वीकृतिमा ५ प्रतिशत कमिसन मागिएको आरोप लगाउँदै आएको थियो। आरोप अनुसार, अधिकांश जलविद्युत् कम्पनीहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा रकम मागिएको थियो।