समाचार

रेबिज लागेर एक जनाको मृत्यु

२५ वैशाख, काठमाडौँ। चितवनमा रेबिज लागेर एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको हो ।
प्रजाको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उनी उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए ।