समाचार

रेशम चौधरी पक्राउबारे संसदमा जवाफ दिँदै गृहमन्त्री लेखक 

२५ वैशाख, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे गृहमन्त्री रमेश लेखकले आज संसदमा जवाफ दिने भएका छन् । 

नाउपाले आफ्नो पार्टीका संरक्षकलाई पक्राउ गर्नुको  कारण सरकारसँग माग गर्दै संसद् अवरोध गरेपछि गृहमन्त्रीले जवाफ दिन लागेका हुन्। 

 संसद् बैठक  आज बिहान ११ बजे बस्ने बस्दै छ ।  चौधरी यही वैशाख १७ गते प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

जनमतसँग पार्टी एकता घोषणा स्थलबाट चौधरीलाई फर्जी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको थियो । सर्वोच्चले उक्त पक्राउ पुर्जी फर्जी रहेको पत्र काटेपछि चौधरी डिल्लीबजार कारागारबाट ५ घण्टापछि रिहा भएका थिए ।