समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌को बैठक, होला त गभर्नरको छिनोफानो ?

२५ वैशाख, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन्। बैठक बिहीबार साँझ पाँचबजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सक्ने सम्भावना रहेको बुझिएको छ। सरकारले लामो समयदेखि गभर्नर नियुक्त गर्न नसक्दा आलोचना खेप्दै आएको छ।

यस अघि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको थियो।