आर्थिक

ज्योति विकास बैङ्कद्वारा सर्वसाधारणको लागी शेयर बिक्री खुल्ला 

२५ वैशाख, काठमाडौँ।  ज्योति विकास बैङ्क लिमिटेडले सर्वसाधारणको लागी भन्दै संस्थापक शेयर बिक्रीमा राखेको छ । बैङ्कले सूचना जारी  गर्दै  ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ। 

बैङ्कले शेयरको मूल्य र सङ्ख्या भने  खुलाएको छैन। 

बैङ्कले संस्थापक शेयर धनीलाई प्राथमिकता दिएर यसअघि नै खरिद  प्रक्रिया अघि बढाई सकेको छ। हाल सर्वसाधारणको लागी  शेयर खुल्ला गरेको हो।