२५ वैशाख, काठमाडौँ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्ध लड्न साथ दिनु पर्ने बताएका छन्।
आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बौल्दै उनल जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखेका हुन्। उनले रुस-युक्रेन, इजरायल-हमास र भारत-पाकिस्तानबीचको युद्धले नेपाललाई असर गरेको समेत बताए।
‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, सांसद खतिवडाले भने ‘ भारतले पाकिस्तानमा आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन जोखिमयुक्त स्थितिमा छौ,यो परिस्थितिको सामना गर्न सरकार तयार होस् भनेर आग्रह गर्नचाहन्छु।’