ब्रेकिङ न्युज

राजावादीहरू सडकमा उत्रने घोषणा- आन्दोलन जेठ १५ देखि

२५ बैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मको संरक्षणको माग गर्दै आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने भएका छन् ।

राजसंस्था पुनर्स्थापनार्थ गठित राष्ट्रिय समितिका संयोजक नवराज सुवेदीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत शान्तिपूर्ण जनआन्दोलनको घोषणा गरेका हुन्। आन्दोलनको स्वरूप ‘भद्र अवज्ञा’ र ‘सत्याग्रह’ हुने सुवेदीले बताए।

उनका अनुसार आन्दोलन व्यवस्था परिवर्तनका लागि भए पनि हालको सरकार वा सत्तामा रहेका कुनै दल विशेषप्रति लक्षित नहुने छ।