राजनीति

हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहन्छ: संयोजक सुवेदी

२५ वैशाख, काठमाडौँ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनर्स्थापना नगरी आन्दोलन नरोकिने बताएका छन्। आज पत्रकार समेलन गर्दै उनले आफुहरुले जेठ १५ गतेबाट सुरु गर्ने भनिएको आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुंगिने बताएका हुन्।
उक्त पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्ग्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका थुप्रै राजावादी संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए।

जेठ १५ गतेबाट आन्दोलन सुरु हुने भनिएपनि आन्दोलनको तालिका सार्वजनिक गरिएको छैन। यद्यपि संयोजक सुवेदीले भने आन्दोलन शान्तिपूर्ण हुने जानकारी गराएका छन् ।