समाचार

हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ : प्रधानमन्त्री ओली

२५ बैशाख, काठमाडौं । कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह छ, भन्न मिल्दैन किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको सङ्ख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौँ । यथार्थ के हो भने हाम्रो देशमा उन्मूलन भएको छैन ।

यस्ता कार्यक्रमले जनचेतना जगाउने कुरामा मद्दत गर्छ । खासगरी आजको कार्यक्रम कुष्ठरोग र त्यसको निवारणसम्बन्धी रहेको छ । यसमा के कस्तो कदमहरू चाल्न आवश्यक छ, सरकारी तबरबाट के कस्ता नीति निर्माण गर्न आवश्यक छ, कानुन बनाउन आवश्यक छ, व्यावहारिक कदम कस्ता चाल्न आवश्यक छ, रोगको पहिचान र उपचारको सन्दर्भमा के गर्न जरुरी छ र सामाजिक जनचेतना र अपहेलनाबाट मानिस प्रताडित छ, उसको पीडा कसरी हटाउने भन्ने सन्दर्भमा केही गर्नुपर्छ भन्ने एउटा साझा सङ्कल्प, अठोट र त्यसका निम्ति भएका प्रयासहरू अगाडि बढाउन सजिलो अवश्य पर्छ ।

मधेस, कोशी र लुम्बिनी प्रदेशमा यसका अलिबढी असरहरू छन् र केही जिल्लामा यो अलिक बढी मात्रामा छ । यस स्थितिमा हामी सन्तुुष्ट हुन सक्दैनौँ । यस रोगलाई निवारण गरिछाड्ने हाम्रो प्रयासलाई अझ गतिशील र प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी छ । यसका निम्ति मेरो अर्को पनि सुझाव छ, अहिलेसम्म हामी जुन ढङ्गले ‘एलोपेथिक’ औषधिमा भर परिराखेका छौँ, यसलाई आयुर्वेदिक औषधिले पनि ठीक गर्न सक्ने, यसको अनुसन्धान हुन जरुरी छ । किनभने आयुर्वेदिक औषधि भनेको प्रकृतिसँग र प्रकृतिको जीवनको ‘इकोसिस्टम’सँग सम्बन्धित छ ।

जुन पनि रोग लाग्छ, त्यस रोगलाई निको पार्न सक्ने कुरा फेरि प्रकृतिमै निहीत छ । औषधि पनि प्रकृतिमै निहीत छ । खानामै निहीत छ । यसलाई खाली पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग पैदा हुन्छ र कुन चिजबाट यो रोगको अन्त्यत हुन्छ । यसको प्रयोग र परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढङ्गले निवारणको उपायहरू पत्ता लागेको छ तर आयुर्वेद यसमा प्रभावकारी छ । हामीले उहिलेदेखि आयुर्वेदको साहरा लिने गरेको थियौँ, अहिले अलिकति कमजोर भएको छ । यसलाई परम्परागत र आयुर्वेदिक औषधि विज्ञानको पक्षलाई विकास र अनुसन्धान गर्दै उपचार विधिमा जान जरुरी छ ।

हामी निरोगी नेपालको महासङ्कल्पमा छौँ । यो स्वास्थ्य क्षेत्रको महासङ्कल्प हो निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने ‘इम्युन सिस्टम’, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यसकारण मान्छेहरूको ‘इम्युन सिस्टम’ नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरू गरौँ । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौँ, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन खाऔँ । हामीले आफ्नो आनीबानी पनि ठीक गर्नुपर्दछ । स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनुुपर्छ । हाम्रा कतिपय आदतले पनि हामीलाई बिरामी बनाउँछ ।

हाम्रा आदतहरू पनि सच्याउन जरुरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसहनको आदत सच्याउन जरुरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, ‘इम्युन सिस्टम’ कमजोर हुन्छ । ती पक्षहरू आहार–सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठीक गर्छ । आजकाल आर्शिवाद दिँदा तिम्रो पाचन प्रणाली ठीक होस् भन्ने चलन छैन । उहिलेउहिले तिम्रो पाचन प्रणाली ठीक रहोस् भन्थे । स्वास्थ्य रहनका लागि एकदम आवश्यक छ–पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठीक हुन्छभन्दा प्रशस्त काम ग¥यो, थकाइ लाग्यो, मस्त निदायो र आराम ग¥यो, त्यसपछि पाचन प्रणाली ठीक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खान रुच्दैन, पाचन प्रणाली ठीक हुँदैन । आन्द्रा भुडी नै चलिराखेको हुँदैन, विस्तारै अल्छि लागेर चल्छ, कहाँबाट भोक लाग्ने ? त्यसकारण पहिलो कुरा स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरुरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने रु फेरि पनि कुनै न कुनै रोग ‘ट्रमा’जस्ता आइपर्न सक्छन् । धेरै कुरा त आइनपर्ने विधि गर्न सकिन्छ ।

शरीरका सबै बाह्य र आन्तरिक अङ्ग–प्रत्यङ्ग अवयवलाई स्वस्थ र तन्दुरुस्त राख्ने उपाय छन्, तिनीहरूलाई अपनाउन सकिन्छ, काबुुबाहिरको परिस्थिति परेन भने । जस्तो मेरो मिर्गौला किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट हुन्छ ? चिसो गोलघरभित्र भूइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ ? नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर ‘टिटानस’ आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौँ भने एउटा ब्रस किन्यो, त्यो पनि महङ्गो किन्न सकिदैनथ्यो, सस्तो किन्यो । दुुई÷चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ । ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दाँतमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नुपर्दथ्यो । ‘टुुथपेस्टको ट्युुव’ हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदानिर्चोदा नयाँ किनौँ पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ १ ती दिन नसम्झिऔँ, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु ?

मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, ‘अल्सर’ भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनु ? पेटभरि घाउ भएर दुखेर असैह्य हुन्छ । भत्भति पोल्छ, घाउँबाट रगत आउँछ । ‘पेनकिलर’ दिन्छ, त्यो खाँदाखाँदा ‘किड्नी फेल’ नभएर के हुन्छ त ! मेरो ‘किड्नी फेल’ हुनुको अर्थ ‘पेनकिलर’ले हो । सहनै नसकेर ‘पेनकिलर’ खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ? अहिले बाँची हालौँ, ‘पेनकिलर’को असरपछि हेरौँला भनेर । यस्ता काबुबाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुका परिस्थिति त्यसबेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गदथ्यौँ । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौँ । हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ ।

कुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । यो सुरुमा यो पैदा हुन्छ । के कारणले पैदा हुुन्छ, त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै ‘भ्याक्सिन’ पो तयार गर्न सक्छौँ कि, अथवा तयार भएपछि पत्ता लाग्यो भने तुरुन्त उपचार सुरु गर्नु पर्दछ । हामीले उपचार सुरु ग¥यौँ भने त्यसको निको हुने प्रक्रिया सुरु हुन्छ । निको हुने प्रक्रिया थोरै अगाडि बढ्ने बित्तिकै त्यसको सरुवापन जुन हुन्छ, सङ्क्रमणकारी प्रवृत्ति कमजोर भइहाल्छ र सर्न छोड्छ । अलिक समय औषधि खाएपछि सर्न छोड्छ र त्यो सङ्क्रामक रोग हुँदैन । औषधि नखाँदा त्यो सङ्क्रामक हुन्छ, खासगरी परिवारलाई र निकटका व्यक्तिलाई सर्ने खालको हुनसक्छ । त्यसैकारण मान्छे तर्सिन्छ । अब यहाँ कानुनी प्रबन्धदेखि सामाजिक बहिष्कारदेखि हेलाहोचाका कुरालाई रोक्नुुपर्छ । पहिला उल्लेख्य सङ्ख्यामा कुष्ठरोग थियो, पछि औषधि खाएर नसर्ने भइसक्यो र निको भइसक्यो । निको भइसकेपछि पनि मान्छेले एक समय कुष्ठरोग थियो भन्ने थाहा पायो भने हेलाहोचो गर्छ । सँगै बस्न र अनेक हिसाबले अप्ठ्यारो मान्छ । त्यसको कुनै जरुरी छैन, त्यो निको भइसकेपछि केही फरक हुँदैन । उस्तै हो उहिले थियो, अहिले छैन । बिरामी थियो तर अहिले छैन । त्यसकारण हेलाहोचो गर्नुपर्ने त्यस्तो छैन । कानुनमा केही कुरा स्पष्ट पार्नुपर्ने अझै हुन सक्छन् । ती कुरालाई हामी हेर्छौं । कसरी कानुनलाई व्यावहारिक, उचित र उपयुक्त बनाउने, जसबाट बहिष्करण, हेलाहोचोजस्ता कुराहरू नहोउन् । अर्को, यस्तो पनि गर्नुहुँदैन, जसबाट सङ्क्रमण फैलियोस् । सङ्क्रमण नफैलिने र हेलाहोचो नहुने, यो दुुईवटै स्थितिको सन्तुलन हामीले कायम गर्नुपर्छ र अगाडि बढ्नुुपर्दछ ।

हामी सबै रोगको निधान मात्रै होइन कि निवारण चाहन्छौँ । त्यो प्रकट भइसकेपछि होइन कि त्यो देशबाटै उन्मूलन होस् । उहिले बिफरको एउटा लहर आउन्थ्यो, त्यो लहर आएपछि त्यसले हरेक वर्ष ठूलो जनसङ्ख्यालाई समाप्त पारेर लिएर जान्थ्यो । आज हामीले बिफर उन्मूलन गरेका छौँ । मेरो आमा बित्नुु हुँदा २२ वर्षको हुनुहुन्थ्यो, म तीन वर्षको थिएँ । आमा विफोरको कारणले बित्नुभएको थियो । मैले आमा बिफरले बित्नुभएको भन्ने थाहा पाएपछि विफोरसँग मेरो यस्तो दुुष्मनी भयो कि स्कुलमा ‘भ्याक्सिन’ आयो भने म गाउँगाउँमा पनि त्यो भ्याक्सिन लिएर जान खोज्थेँ र लिएर पनि जान्थेँ ।

ग्रामीण चेतनाको स्तर के थियो भने झापा जिल्लामा मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा पारितिर स्थानीय आदिवासीको एउटा बस्ती थियो । त्यहाँ हरेक वर्ष केही व्यक्तिहरूको बिफरका कारणले निधन हुन्थ्यो । उनीहरू खोप लगाउन नमान्ने, खोप नलगाएपछि बच्चा अवस्थामा बिफर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरूलाई त लाग्योलाग्यो । बिफर लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई लाग्योलाग्यो । मैले भ्याक्सिन लिएर गाउँमा आउँदैछु भन्ने थाहा पाएपछि गाउँका मान्छे गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् । म बेलुका गएर सम्झाउन खोजें, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ, मेरो कबुल र प्रतिबद्धता भयो कि तपाईंहरूलाई भ्याक्सिन लगाइँदैन, तपाईंहरू गाउँमा गएर बस्नुस् । त्यो सुनिश्चित गरेपछि उनीहरू बल्ल गाउँमा फर्किए । त्यत्रो आतङ्क थियो, खोप लगायो भने भगवान रिसाउँछन् र हामी बर्बाद हुन्छौँ भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीँ गाउँमा बिते । मैले धेरै कोसिस गर्नुप¥यो कि हामीले भ्याक्सिन लगायौँ, तपाईंहरूले लगाउनुभएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरूकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनुु पर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरू हामी धेरैले ग¥यौँ होला । तराईमा ‘मलेरिया’ले भुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यसकारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने ‘स्टेज’मा पुुग्यो भने मात्रै बेग्लै कुरा हो नत्रभने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौँ ।

यस सन्दर्भमा सरकारले गरेका प्रयास बहुत राम्रा छन् । स्याङ्जाको मालुुङ्गा हो क्यार ठाउँको नाम, मालुुङ्गामा कुष्टरोग क्याम्प थियो । कुष्टरोगका बिरामीलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौँबाट पोखरा जेलमा लगियो । मालुुङ्गा गाउँतिरका मानिस त्यहाँ थिए र त्यसमध्ये एक–दुुई जना कुष्टरोग सङ्क्रमित पनि थिए । उनीहरूलाई कुष्टरोग थियो र त्यहीँ उनीहरूलाई औषधि पनि दिइन्थ्यो । मैले उनीहरूबाट कुष्टरोगका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । कुष्टरोग हटिसकेको थिएन तर उनीहरू सङ्क्रामक अवस्थाबाट मुक्त भइसकेका थिए । सङ्क्रामक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो, सङ्क्रामक अवस्था थिएन । त्यो रोगका किटाणुुहरू कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्यरूपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ । जुन अङ्गभङ्ग भएको छ, त्यो फेरि ‘रिकोभर’ हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुुट्टाका औँलाहरू झर्ने अनेक हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिर्गान सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिंदै आउने पनि हुनसक्छ । त्यसकारण यसलाई समयमै उपचार ग¥यो भने थाहा पाउने बित्तिकै, अलिकति घाउ हुने बित्तिकै र कुुष्ठरोग हो भनेर थाहा पाउन वित्तिकै उपचार गरे यो निको हुन्छ ।

शरिरका अङ्गमा छुदा थाहा पाइएन, ‘सेन्सेशन’ भएन भने त्यो कुष्ठरोग हो, त्यस्तो अवस्थामा कुष्ठरोग लागेको जानेर यथासक्य छिटो उपचार गराउनेतर्फ लाग्नुपर्दछ । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौँ ।

आजको यस भेलामा यसका आयोजक संस्थाहरूको यो सक्रियता रहोस् । तपाईंहरूले यथार्थ यसमा घटाउन र बढाउनुु पर्ने आवश्यकता छैन । नबढाइ र नघटाइ यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरूले जनचेतना जगाउनुुप¥यो । यसका लागि स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा सञ्चार गृहसँग परामर्श गरेर सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढङ्गले चलाउन सकिन्छ । देशभरिका मान्छेलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुनसक्छ ।

आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यससम्बन्धी जनचेतना जगाउन सकिन्छ । त्यसो भएर यसलाई विभिन्न ढङ्गले जागरण गरी यो रोग सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ, यसको निधान गाह्रो छैन र कुुष्ठरोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यसकारण खाली जनतामा यसो भयो भने कुुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ ।

रोग लुकाउनु हुन्न भन्ने कुरा हामीले बुझाउन जरुरी छ किनभने लुकायो कि निकै धेरै वर्ष औषधि खानुुपर्छ । हात खुुट्टाका औलाहरू झर्न सक्छन् । विभिन्न जोर्नीहरू विकृत हुन सक्छन् । त्यसकारण यसलाई ठीक ढङ्गले लान जरुरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरू फैलाउने र अगाडि बढाउने हामीले ग¥यौँ भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ ।

हाम्रो साथमा आज औषधि छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधि भनेको कुुष्ठरोगको काल हो, त्यसलाई सिध्याएर छोड्छ । त्यो हामीसँग छँदैछ । खाली बिरामी र औषधिको भेट गराउनुु हो । बिरामीलाई नियमित औषधि सेवन गर्न सिकाउनुु पर्छ । औषधिमा तलमाथि नहोस्, नियमित औषधि सेवन गरुन् । मात्राअनुसार सेवन गरुन् किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खाली औषधि खाने हो । त्यसकारण बिरामी आफैँ सजग हुनुपर्दछ । बिरामीलाई के थाहा हुनुुपर्दछ भने सजगता भएन भने यो विकराल रूप लिने खतरा हुन्छ र यसले ठूलो विनाश गर्छ । त्यसकारण बिरामी अत्यन्त सजग हुनुपर्छ ।

खासगरी बिरामीको पहिचान भएपछि भने सजग हुनुपर्छ । औषधि प्राप्त भएपछि औषधि खानुुपर्छ र औषधिलाई पैसा लाग्दैन, निःशुुल्क उपचार हुन्छ । त्यसकारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निःशुुल्क रूपमा सरकारले उपलब्ध गराउँछ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधि लिन पाइन्छ । औषधि यति समयका लागि लिएर जाने र फेरि ल्याउने, अलिक टाढा छ भने अर्को व्यक्ति अस्पतालमा गएको छ भने ‘प्रेस्किप्सन’ पठाएर त्यसमार्फत् पनि औषधि झिकाउन सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनुुप¥यो । यसै क्षेत्रमा विभिन्न सङ्घसंस्था लागिरहनुुभएकै छ । सङ्घसंस्थाको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो प्रतिवद्धतालाई उपलब्धिमूलक कसरी बनाउने भनेर सबैले ध्यान दिन जरुरी छ ।

समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथीहरू यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथीहरू अहिले पनि कुष्ठरोग लागिरहेका साथीहरू कतिपय निको भइसकेका साथीहरू पनि हुनसक्नु हुन्छ । निको भइसकेका साथीहरूले निको नभइसकेका साथीहरूलाई प्रेरणा र हौसला दिनुपर्दछ, कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारे भनेर मान्छेलाई त्यो कुरा बताउनुपर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एकपटक म सबै आयोजकहरूलाई धन्यवाद भन्न चाहन्छु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वैशाख, २०८२ मा नेपाल कुुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गरेको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको पूर्ण विवरण)