२५ वैशाख, काठमाडौँ। भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ फर्काउने बताएका छन्। पाकिस्तानसँग तानाव बढिरहेको बेला उनको यस्तो भनाइ आएको हो ।
इरानी विदेशमन्त्री सँगको भेटमा जयशंकरले यस्तो बताएका हुन्। जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २२ अप्रिलमा पहलगाममा भएको आक्रमण बारे जानकारी दिएका थिए।
भारतीय विदेशमन्त्री जयशंकर स्वयंले एक्समार्फत बताएअनुसार अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उक्त चेतावनी दिएका हुन्।
उनले पहलागाम घटनाले हामीलाई सीमापार आक्रमण गर्न बाध्य बनाएको भनेका छन्।
पहलगाम आक्रमणपछि भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँहरू’लाई लक्ष्य गरी सीमापार आक्रमण गरिएको जयशंकरको भनाइ छ। उनले आतंककारीहरु लुक्ने स्थानलाई ध्वस्त पारिएको समेत बताएका छन्।
‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन, उनले एक्समा लेखेका छन्।