राजनीति

आतंकवाद विरुद्ध हुने जुनसुकै कारबाहीको समर्थन गर्छौं: कांग्रेस नेता भण्डारी

२५ वैशाख, काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले आतंकवाद विरुद्ध हुने जुनसुकै कारबाहीको समर्थन गर्ने बताएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

संयोजक भण्डारीले भारतको पर्यटकीय क्षेत्र पहलगाममा बैशाख ९ गते भएको घटनालाई स्मरण गर्दै घोर निन्दा गरेका छन्। उक्त घटनामा अतिवादी मुश्लिम बन्दुकधारीबाट एक नेपालीसहित २६ जनाको मृत्यु तथा दर्जनौं घाइते भएका थिए।

जारी विज्ञप्तिमा भनिएको छ,”मानवता विरोधी क्रुर आततायी घटनाको नेपाली काँग्रेस, वैदिक सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान नेपालले यस अघि नै कडा शब्दमा निन्दा गर्दै भत्र्सना गरिसकेको छ स्मरण गराउन चाहन्छौं ।”

विश्वको जुनसुकै राष्ट्र, क्षेत्र र भू भागमा हुने आतंककारी गतिविधिको महाभियान विपक्षमा रहेको पनि विज्ञप्तिमा भनिएको छ।

“आतङ्कवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कार्वाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएका छन् । हाम्रो यो अभियान आतङ्कवादलाई नियन्त्रण गर्न गरिने कुनै पनि कारबाहीको हार्दिकतापूर्वक समर्थन गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ।