ब्रेकिङ न्युज

तीनकुने घटना : रवीन्द्र मिश्र र दुर्गा प्रसाईँ सहित २४ जनालाई ५ दिन म्याद थप

२५ बैशाख, काठमाडौँ । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

प्रहरीले अनुसन्धान जारी राख्न आवश्यक प्रमाण संकलन, बयान लिने लगायतका कार्यका लागि म्याद थपको माग गरेको थियो।

अदालतले सो अनुरोध स्वीकृत गर्दै उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।