ब्रेकिङ न्युज

भारत-पाकिस्तान तनावमा नेपालले भन्योः छिमेकीविरुद्ध आफ्नोभूमि प्रयोग गर्न नदिने, आतंकवादविरुद्ध लडाईमा समर्थन

२५ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालले आतङ्कवादविरुद्धको लडाइँमा आफ्नो अडान स्पष्ट पारेको छ।

परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपालले छिमेकी राष्ट्रहरूको आन्तरिक मामिलामा संलग्न नहुने तर आफ्नो भूमिबाट कुनैपनि किसिमको आतङ्ककारी गतिविधि सञ्चालन हुन नदिने प्रतिबद्धता गरेका छ ।

२२ अप्रिल २०२५ मा भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको उल्लेख गर्दै नेपालले सो घटनाको कडा निन्दा गरेको छ।

नेपालले भारतसँगको साझा पीडामा ऐक्यबद्धता जनाउँदै, शान्ति र स्थायित्वका लागि भारत र पाकिस्तान दुबैलाई संयमता अपनाउन अपिल गरेको छ।

विज्ञप्ति :