२६ बैसाख, काठमाडौं । आचार्य समाजले क्यालेण्डर विमोचनमा उपस्थितिका लागि अनुरोध गरेको छ ।
बैसाख २७ गते शनिबार कृष्णभोग पार्टी प्यालेश मध्यबानेश्वरमा बिहान ८ बजे सम्पन्न हुने भनिएको २०८२ सालको क्यालेण्डर विमोचनमा उपस्थितिका लागि समाजले समाजले पूर्व पदलाधिकारी तथा सदस्यहरुसहित संरक्षक, बिशिष्ट, आजीवन सदस्यलगायत सबै कौण्डिन्य गोत्रीय आचार्यहरुलाई निमन्त्रणा राखेको हो ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय महासचिव शुभनराज आचार्यले अन्य भाषणका कार्यक्रम केही नरहेको भन्दै क्यालेण्डर विमोचन कार्यक्रम मात्र हुने जानकारी दिए । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले आचार्य समाजद्वारा प्रकाशित क्यालेण्डर देशभर निःशुल्क वितरण गरिने बताउँदै सातै प्रदेश, काठमाडौं उपत्यकालगायतका जिल्ला तथा नजिकैका मातहतका समितिहरुमा सम्पर्क गरेर क्यालेण्डर उपलब्ध गर्न सकिने जानकारी दिए ।
आचार्य समाजले विगत बर्ष झैं यस बर्ष पनि आफ्नो क्यालेण्डर प्रकाशन गरेको छ । कार्यक्रममा पूर्व मन्त्रीहरु निलाम्बर आचार्य, महेश आचार्य, भीम आचार्य, सुरेन्द्रराज आचार्य लगायत बिशिष्ट ब्यक्तीहरुलाई निमन्त्रणा गरिएको समाजले जानकारी पिदएको छ ।
