राजनीति

काँग्रेस पदाधीकारी बैठक बुढानीलकण्ठमा

२६ वैशाख, काठमाडौँ। सत्ता साझेरदारको प्रमुख दल नेपाली काँग्रेसको पदाधीकारी बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो।

आजको बैठकमा समसामयिक घटनाक्रम साथै सरकारका पछिल्ला गतिविधिको बारेमा छलफल हुने बुझिएको छ। छिमेकी राष्ट्र भारत र पाकिस्तानबिचको बढ्दो तनाबका बारेमा पनि आधिकारीक धारणा बनाउने छ।

सरकारका पछिल्ला कामबारे तिब्र असन्तुष्टि आइरहेको बेला काँग्रेस पदाधिकारी बैठक बसेको हो। राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय निकै पेचिलो बनिरहेको सन्दर्भ पनि आजको बैठकमा छलफल हुने छ।