समाचार

परिक्षामा ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरेको भन्दै कक्षा १२ का विद्यार्थीको परिक्षा रद्द, केन्द्राध्यक्ष पनि निष्कासित

२६ वैशाख, काठमाडौँ। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षामा मोबाईल स्मार्ट घडी तथा ईलेक्ट्रोनिक डिभाईस प्रयोग गरेको भन्दै केही विद्यार्थीहरुको परिक्षा रद्द गरेको जनाएको छ।

परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरले एक सूचना जारी गर्दै मोबाइल फोन स्मार्ट घडी जस्ता उपकरण परिक्षा हलमा लैजान नपाइने भनि अगाडी नै जानकारी गराएको जनाउदै उक्त सूचना विपरितका कार्य गरेकाले जफत गरिएको जनाएको हो। साथै निषेधित कुनै पनि कार्य नगर्न सम्पूर्ण विद्यार्थीहरुलाई परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले आग्रह गरेको छ।

परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले परिक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै काठमाडौँको सुकेधारामा रहेको साइपल एकेडेमी सुकेधारा केन्द्र नम्बर १५३४ का केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको समेत बताएको छ।