खेलकुद

गणेश थापालाई एन्फाको साधारण सभामा प्रवेश निषेध, केही प्रक्रिया पुरा गर्नुपर्ने एन्फाको भनाई

२६ वैशाख, काठमाडौँ। काभ्रेपलान्चोकको धुलिखेलमा भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन पुगेका गणेश थापालाई प्रवेशको रोक लगाइएको छ।

धुलिखेल नगरपालिकाको सभाहलमा चलिरहेको नियमित साधारण सभामा सहभागी हुन कार्यक्रम स्थल पुगेपनि उनलाई नेपाल प्रहरी र एन्फाकै सुरक्षा गार्डले कार्यक्रमस्थलमा प्रवेश गर्न रोक लगाए पछि विवाद उत्पन्न भएको थियो। प्रवेशमा रोक लगाएपछि थापा बाहिर नै रोकिएका छन्। उनले केही प्रक्रिया पुरा गरेपछि प्रवेश गराउने एन्फाले बताएको छ।

फिफाको थापालाई लगाएको १० वर्षे प्रतिबन्ध केहीदिन पहिले मात्रै फुकुवागरेपछि उनी साधारण सभामा सहभागी हुन गएका थिए। यसअघि उनले एन्फाका नियमित कार्यक्रममा सहभागी हुन माग गर्दै उच्च अदालत पाटनमा पनि निवेदन दिएका थिए। उनलाई अदालतले अनुमती प्रदान गरेको थियो।