समाचार

गभर्नर चाँडै नियुक्त हुने सभापति देउवाको संकेत, कांग्रेस-एमालेबीच सहमति खोजिँदै

२६ वैशाख, काठमाडौँ । शुक्रबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्ति, संवैधानिक निकाय पदपूर्ति, टीआरसी र शिक्षा विधेयकबारे छलफल भएको छ।

नेताहरूले गभर्नर नियुक्ति ढिलाइबारे चासो राखेपछि सभापति शेर बहादुर देउवाले छिट्टै योग्य र व्यवसायिक व्यक्तिलाई सहमतिमा नियुक्त गरिने बताएका हुन्। कांग्रेस र एमालेबीच सहमति नजुटेकाले प्रक्रिया ढिला भएको पनि बैठकमा उल्लेख भएको छ।