अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान द्वन्द्वले रोकियो आईपीएल २०२५

२६ वैशाख, काठमाडौं । पाकिस्तानसँगको बढ्दो तनावबीच बीसीसीआईले इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को सिजन स्थगित गरेको छ।

बिहीबार धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो। त्यसपछि खेलाडी र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।

सुरक्षालाई प्राथमिकता दिँदै बीसीसीआईले लिग अनिश्चितकालका लागि स्थगित गरेको हो।