२६ वैशाख, काठमाडौँ । हालै पाकिस्तानमा उत्पन्न घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका नेपाली विद्यार्थी तथा नेपाली नागरिकको सुरक्षाप्रति नेपाल सरकार पूर्ण रुपमा सचेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा इस्लामावादस्थित नेपाली दूतावास विद्यार्थी तथा नेपालीहरूसँग नियमित सम्पर्कमा रही आवश्यक सहयोग गरिरहेको उल्लेख छ।
साथै, आपत्कालीन अवस्था परेमा दूतावासको सम्पर्क नम्बरमा जुनसुकै बेला सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
विज्ञप्ति :
