ब्रेकिङ न्युज

भारतमा नेपालीहरूको सुरक्षाबारे दूतावासको ध्यानाकर्षण : निर्देशन पालना गर्न आह्वान

२६ वैशाख, काठमाडौँ । भारतको जम्मू-काश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाली राजदूतावासले भारतमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै संकटकालीन अवस्थामा सुरक्षित स्थानहरूको पहिचान गर्न र भारत सरकारका सुरक्षा निर्देशनहरूको पालना गर्न पनि अनुरोध गरेको छ।

आकस्मिक स्थितिमा आवश्यक समन्वय र सहजीकरणका लागि राजदूतावासले सम्पर्कका लागि एक फोन नम्बर पनि प्रदान गरेको छ।

बिज्ञप्ति :