२७ वैशाख, काठमाडौँ ।भारत र पाकिस्तानको लडाई सुरु भएपछि भारतका ३२ वटा विमानस्थल बन्द भएका छन् । भारतले सिन्दूर नाम दिएर गरेको अपरेशनका कारण तनाव चुलिँदै गएपछि ३२ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको बताइएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार मे १५ सम्म विमानस्थलहरू बन्द गरिने छ। पाकिस्तानले पनि आफ्नो आकाश मार्गबाट सबै प्रकारका हवाई उडान बन्द गरेको थियो।
भारतको आक्रमणको जवाफ पाकिस्तानले पनि फर्काए तनाव बढेको हो। पाकिस्तानको कारबाहीमा परी जम्मु-कश्मीरका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गर्दै आएको छ। भारतको सिन्दूर अप्रेसनको जवाफी कारबाहीलाई पाकिस्तानले ‘बुनयान-उल-मर्सुस’ अपरेशन नाम दिएर जवाफ फर्काएको हो।