२७ वैशाख, काठमाडौँ। रातो मछिन्द्रानाथको रथलाई महिलाले मात्रै तान्ने परम्परा अनुसार आज ललितपुरको लगनखेलमा रथ तानिएको छ। स्थानीय थटिटोलमा रथ तानिएको हो।
किंवदन्ती अनुसार रथलाई परिक्रमा गराउने क्रममा एक जना व्यक्ति हराएको र खोजी गर्दा एक महिलासँग बसेको भेटेपछि उनलाई पूजा गरी फर्काएको सम्झनामा महिलाले मात्रै रथ तान्ने परम्परा बसेको बताइएको छ।
स्थानीय नेवारी परम्परा अनुसार रथलाई तानेर जावलाखेल पुर्याइन्छ। नेवारी ज्योतिषीले साइत निकालेपछि मछिन्द्रानाथको रथ तानेर जावलाखेल लगिन्छ। त्यसको केही समयमा पछि भोटो देखाइने परम्परा रही आएको छ।