राजनीति

बिचौलियाले बाइदिएको सरकार आफ्नै कुकर्मको बोझले ढल्छ: अध्यक्ष दाहाल 

२७ वैशाख, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर चुनावमा नजाने बताएका छन् आज पाँचथर पुगेका दाहालले ८४ को निर्वाचनमा आफ्नै पार्टीको बलबुतामा जाने र ६४ सालको जस्तै बनेर जाने बताएका हुन्। 

अध्यक्ष दाहालले बिचौलियाले बाइदिएको सरकार आफ्नै कुकर्मको बोझले ढल्ने जिकिर गरे।  आफ्नो पार्टीलाई सरकारमा जाने हतार नभएको बताउँदै दाहालले जनतासँगै रहेको दाबी गरे। 

सरकार अहिले कुनै काम गर्न नसक्ने अवस्थामा रहेको अध्यक्ष दाहालको टिप्पणी छ। उनले सरकार भिजेको बिरालो जस्तो भएको भन्दै कुनै काम गर्न नसकेको आरोप लगाए।