आर्थिक

गर्भनर नियुक्तिमा अर्बौंको चलखेल र गुणाकर हटाउन राजनीतिक सेटिङ भईरहको उपाध्यक्ष डा. वाग्लेको आरोप

२७ बैशाख, काठमाडौँ । रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गर्भनर नियुक्तिमा कांग्रेस र एमाले बिचौलियामार्फत अर्बौंको चलखेल गरिरहेको आरोप लगाएका छन्। पूर्वी नवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले योग्य अर्थशास्त्री गुणाकर भट्टलाई हटाएर असक्षम व्यक्तिलाई नियुक्त गर्न खोजिएको बताए।

उनले देउवा–ओलीको सत्ता मोह भ्रष्टाचारबाट कमाएको सम्पत्ति बचाउन भएको भन्दै, तलब ६६ हजार भए पनि उनीहरूको यात्रामा लाखौं खर्च हुने स्रोत शंकास्पद रहेको जनाए।

वाग्लेले अख्तियार, प्रहरी, कर्मचारी र अदालतसमेत नेताको सेटिङमा चलिरहेको भन्दै देशको वित्तीय अनुशासन ध्वस्त पार्ने प्रयास भइरहेको बताए।