ब्रेकिङ न्युज

रोकियो राम्रै भयो तर भारत-पाक युद्ध भए बिना सर्त नेपालको समर्थन भारतलाई हुन्छ

बाबुराम आचार्य /भारत र पाकिस्तान बिच युद्ध झनै चर्किने अवस्थाको विकास भइरहेको छ । १९४७ अक्टोबर १४ मा भारतबाट छुट्टिएको पाकिस्तान र १९४७ अक्टोबर १५ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको मुलुक भारत बिचका द्वन्द्वहरू १९३० को दशकदेखि नै सतहमा आएका इतिहास छन् ।
ब्रिटिस साम्राज्य हुँदा भारतमा मुस्लिमहरूले छुट्टै राज्य माग गरेका र १९४० मा मोहम्मद अलि जिन्नाह मुस्लिम लिग पाकिस्तानको घोषणापत्र जारी गर्दै नेता बनेपछि उक्त आन्दोलन चर्किँदै गयो र ब्रिटिसलाई भारत छोड आन्दोलन सँगसँगै मुस्लिमहरूको बाहुल्य भएको पाकिस्तान नामक छुट्टै मुलुक बन्यो, पाकिस्तानभित्र नै गृहयुद्ध चर्किलैगएपछि १९७१ सालमा भारतको सहयोगमा अर्को मुलुक बंगालादेश बन्यो । बंगालादेश १९०५ मा भारतसँग छुट्टिएर १९११ मा पुनः भारतसँग आएको बंगालादेश १६ डिसेम्बर १९७१ पुन स्वतन्त्र राष्ट्र बन्न सफल भयो ।
भारतको इतिहास प्राचीन भारत जुन सिन्धु सभ्यतासँग जोडिएको छ । जुन ३००० इशापूर्वबाट अथवा झन्डै पाँच हजार पाँच सय वर्ष अगाडीबाट सुरु भएको मानिन्छ, हडप्पा–मोहनदोजडो जस्ता सहरहरूको विकास, नाली प्रणाली, कृषि व्यापार आदिमा आधारित रहेको मानिन्छ । यसै गरी वैदिक युग जुन इशापूर्व १५०० देखी ५०० सम्म आर्यहरूको आगमन, वेदहरूको रचना वर्ण व्यवस्था, गुरुकुल शिक्षा प्रणाली, यज्ञ परम्परा, महाभारत, रामायण युगका रूपमा चिनिछ । ईश पूर्व ५०० देखी इस्वी संवत् ७०० सम्म हाजनपद र मौर्य वंश, गुप्त वंश (ई. ३२० – ५५०) भारतीय स्वर्ण युग“ – कला, विज्ञान, गणित (शून्यको आविष्कार), साहित्य (कालिदास) हिन्दु धर्मको पुनरुत्थान, अशोकको कलिङ्ग युद्ध र बौद्ध धर्मको प्रचार जस्ता महत्त्वपूर्ण कार्यहरू भएको मानिन्छ ।

मध्यकालीन भारत इस्वी संवत् ७०० देखी १७५७ सम्मलाई मानिन्छ । दिल्ली सलतनत (१२०६–१५२६) रहेको छ भने मुस्लिम शासकहरूको शासन कुतुबुद्दिन ऐबक, अलाउद्दिन खिलजी, मुहम्मद बिन तुगलक मुख्य रूपमा मानिन्छ । भारतमा इस्लाम धर्मको फैलावट।, मुगल साम्राज्य (१५२६–१८५७) बाबर, हुमायूँ, अकबर, जहाँगीर, शाहजहाँ, औरङ्गजेब रहेका थिए भने कला, वास्तुकला (ताज महल), प्रशासनिक सुधारलगायतका कार्यक्रम त्यस बेला भएका थिए । हिन्दु–मुस्लिम मिश्र संस्कृतिमा ब्रिटिस शासनकाल (१७५७ – १९४७) रहेको अवस्था छ । प्लासीको युद्ध (१७५७) ले ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासन सुरुआत ग¥यो अनि भारतीय विद्रोह १८५७ (सिपाही विद्रोह) पछि भारत ब्रिटिस राजमा गयो ।

रेलमार्ग, प्रशासकीय सुधारका कार्यक्रमहरू भए पनि उक्त समयलाई शोषण र विभाजनकारी नीतिको रूपमा आलोचना गर्ने गरिएको छ । भारतको स्वतन्त्रता आन्दोलनका अगुवाहरू महात्मा गान्धी, नेहरु, भगतसिंह, सुभाष चन्द्र बोस आदि रहेका थिए । असहयोग आन्दोलन, नुन यात्रा, भारत छोडो आन्दोलनलगायतका आन्दोलन सफल भएपछि १५ अगस्ट १९४७ मा स्वतन्त्रता पाएको भारत अहिलेको भारतको रूपमा रहेको छ ।

भारत र पाकिस्तानको स्वतन्त्रता सँगसँगै १९४७ मा सुरु भएको दुई देशबिचको युद्ध १९६५, १९७१ र १९९९ मा पाकिस्तानसँग युद्धको मैदानमा रहेको अवस्था छ । बेला बेलामा टकराब र बम अपन गोली हानाहान भए पनि अहिलेको अवस्था भने जटिलतातर्फ मोडिएको सङ्केतका रूपमा देखिन्छ । १९९१ मा आर्थिक उदारीकरणको नीति ल्याएपछि विश्वको सबैभन्दा लोकतान्त्रिक अनि सूचना प्रविधि, अन्तरिक्ष, र विज्ञानमा विकासमा धेरै अगाडी बढेको मुलुकको रूपमा भारतलाई लिइने गरिएको छ ।
भारत र पाकिस्तान छुट्टिनुभन्दा अगाडिदेखि नै रहेको दुई देशबिचको द्वन्द्व अहिले युद्धको दिशामा अगाडी बढिरहेको छ । पाकिस्तानले केही भारतीयहरूको ज्यान जाने गरी हमला गरेपछि भारतले पछिल्लो समयमा पाकिस्तान विरुद्ध हमला गरिरहेको छ, जित हार कसको हुन्छ ? शक्तिशाली को छ भन्ने कुरा फरक होलान् तर रसिया र युक्रेनबिचको युद्धले आक्रान्त बनेको विश्वमा पुनः भारत पाकिस्तान युद्ध भए विश्वलाई अर्को असर थपिने नै छ, एसिया त धेरै नै मार्कामा पर्ने कुरामा दुई मत नै छैन । नेपालले भारत र चीनका विषयमा बोल्दा समर्थन र विरोध नगरी पञ्चशीलका सिद्धान्तका आधारमा बोले पनि भारत र पाकिस्तानका विषयमा बोल्दा भारतको समर्थन गर्नु नै उपर्युक्त कदम हुन सक्छ ।
नेपालका लागि भारत र चीन छिमेकी राष्ट्र हुन्, छिमेकी राष्ट्र मात्र होइनन् ती दुई मित्रराष्ट्र चीन र भारत विश्व समुदायका लागि शक्तिशाली, विकसित र नेपालको समग्र विकासका लागि धेरै नै महत्त्वपूर्ण मुलुकहरू हुन् । भारत र चीन महत्त्वपूर्ण हुन भन्दैमा पाकिस्तान अनि सार्क राष्ट्र पनि नेपालका लागि महत्त्वपूर्ण छैनन् भन्ने होइन, नेपालका लागि एसिया, साउथ इष्ट एसिया, खाडी, युरोपलगायत सबै महादेशको महत्त्व धेरै नै छ । तर अरू मुलुकको जति महत्त्व छ त्यो भन्दा धेरै महत्त्व भनेको चीन र भारतको नै छ ।
अहिले पाकिस्तान र भारतको द्वन्द्व चर्किरहेका बेला नेपालले बिना हिचकिचाहट भारतको समर्थन गर्नु नेपाल सरकारको र नेपाली जनताको कर्तव्य हुन्छ । भारतको समर्थन गर्नु भनेको भारतको हनुमान भएको मात्र उग्र राष्ट्रवादी कुरा नगरी व्यवहारिक र युग सुहाउँदो कुरा गर्नु राजनीतिक वृत्तमा आधुनिक र सही हुन्छ । चीनले कसलाई समर्थन गर्छ, अमेरिकाले कसलाई गर्छ, युरोपले कसलाई गर्छ, बेलायत, फ्रान्स र रसियाले कसलाई समर्थन गर्छ त्यो फरक हो तर न्यूनतम मानवअधिकारका विषयहरूलाई आत्मासाथ गर्दै नेपालले भारतलाई बिना सर्त समर्थन गर्नु नै नेपाल र आम नेपालीहरूको हितमा छ भन्दा फरक नपर्ला ।

इशापूर्व १२ औँ शताब्दीमा किराँत काल (ई.पू. ७०० देखी १००), लिच्छवि (४औँ–९औँ शताब्दी) ठकुरी वंश (१२औँ–१८औँ शताब्दी)को पहिलो राजा यलम्बरबाट सुरु भएको नेपालको इतिहास पछिल्लो पटक लेखेको मानिन्छ । काठमाडौँ उपत्यकामा तीन राज्य -काठमाडौँ, भक्तपुर, पाटन रहेका थिए । यस्तै नेपालमा राजा जयस्थिति मल्ल, प्रताप मल्ल, सिद्धि नरसिंह मल्लजस्ता शासकहरू ले राज्य गरेका इतिहासहरू रहेका छन् । यस बेला कला, वास्तुकला, संस्कृति र भाषा (नेपाली, नेपाल भाषा) मा उत्कर्षमा रहेका थिए । उक्तल समयमा दरबारहरू, मन्दिरहरू निर्माण गरेर ऐतिहाशिक ख्याती कमाएका इतिहासहरू रहेका छन् ।
भारत र पाकिस्तानबिचको हालको सैन्य तनाव २०२५ अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि तीव्र भएको छ, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले यस आक्रमणको दोष पाकिस्तानमा आधारित चरम पन्थी समूहहरूलाई दिएको छ, जबकि पाकिस्तानले संलग्नता अस्वीकार गरेको छ।
भारतले भन्यो “अपरेसन सिन्दूर“
भारतले ७ मे मा “अपरेसन सिन्दूर“ अन्तर्गत पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा रहेको आतङ्कवादी समूहहरूका आधारहरूमा लक्षित हवाई आक्रमणहरू गरेको छ। भारतले यी आक्रमणहरूलाई आतङ्कवादी पूर्वाधारहरू विरुद्धको कार्यवाही भनेको छ, जबकि पाकिस्तानले नागरिक इलाकाहरूमा आक्रमण भएको दाबी गरेको छ।
पाकिस्तानको जवाफी प्रतिक्रियाः “अपरेशन बुन्यान अल–मर्सूस“
पाकिस्तानले भारतको आक्रमणलाई “उक्साउने कार्य“ भन्दै जम्बुस्थित नागरिक विमानस्थलमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। भारतले यस आक्रमणमा पाकिस्तानका एफ–१६ र जेएफ–१७ लडाकु विमानहरू खसालेको दाबी गरेको छ, जबकि पाकिस्तानले यी दाबीहरू अस्वीकार गरेको छ।
संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, साउदी अरेबिया, इरान र चीनलगायतका मुलुकहरूले दुवै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्। साउदी अरबका विदेश मन्त्रीले भारत भ्रमण गरी तनाव कम गर्न पहल गरेका छन्। भारतले ७ मे २०२५ मा “अपरेशन सिंदूर“ नामक सैन्य कारबाही गर्दै पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल आक्रमण ग¥यो। भारतले यो कारबाहीलाई २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोधको रूपमा वर्णन गरेको छ, जसमा २६ भारतीय र एक नेपाली पर्यटकको मृत्यु भएको थियो। भारतले आक्रमणको लागि पाकिस्तानमा आधारित जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबा समूहहरूलाई दोष दिएको छ, यद्यपि पाकिस्तानले यो आरोप अस्वीकार गरेको छ।

अपरेशन सिंदूरमा भारतले फ्रान्सेली बनावटका राफेल लडाकु विमानहरू प्रयोग गरी SCALP क्रूज मिसाइल र AASM ह्यामर बमहरू मार्फत आक्रमण गरेको थियो। भारतले दाबी गरेको छ कि यस कारबाहीमा कम्तीमा १०० आतंकवादी मारिएको जनाईएको छ, जसमा जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरका नजिकका सहयोगीहरू र परिवारका सदस्यहरू पनि रहेको बताइन्छ ।

यस कारबाहीको जवाफमा, पाकिस्तानले १० मेमा “अपरेशन बुन्यान अल–मर्सूस“ नामक सैन्य कारबाही गर्दै भारतका विभिन्न सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण ग¥यो। पाकिस्तानले दाबी गरेको छ कि यस कारबाहीमा २५ भन्दा बढी भारतीय सैन्य ठेगानाहरूलाई लक्षित गरिएको थियो।

भारत–पाकिस्तान युद्धका बिच चीनको भूमिका
चीनले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। चीनले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा तनाव नबढाउन चीनले खुलेर आग्रह गर्दै आएको छ। सार्वजनिक रूपमा “द्वन्द्व समाधान वार्तामार्फत हुनुपर्छ“ भन्ने भनाइमा चीनको जोड यथावत् रहेको छ ।


तथापि चीनको पाकिस्तानप्रति झुकाव
चीन लामो समयदेखि पाकिस्तानको रणनीतिक साझेदार हो : चीन–पाकिस्तान आर्थिक कोरिडोर (CEVC) को कारण पनि चीन पाकिस्तानसँग केही नजिक देखिएको हो । पाकिस्तानले चीनसँग कूटनीतिक र सैन्य समर्थनको अपिल गरेको थियो, जसमा चीनले “सीमा सुरक्षा र स्वार्थको रक्षा गर्ने“ सङ्केत दिएको छ। पाकिस्तानका केही सैन्य आधारहरूमा चीनले प्रविधिगत सहयोग र निगरानी उपकरण उपलब्ध गराएको भनिएको छ, यद्यपि चीनले पुष्टि गरेको छैन । समाचार माद्यमहरुले चीनले सहयोग गरेको भने पनि सरकारी धारणा नआउँदा सम्म मान्न सकिने अवस्था रहँदैन ।

भारत, नेपाल, चीन, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बंगालादलेश, भुटानको ऐतिहासिक सम्बन्ध प्रगाढ रहेको छ । चीन दक्षिण एसियाली सहयोग सङ्गठनभित्र नपर्ने भए पनि नेपाल र सार्कका लागि चीनको महत्त्व पनि उत्तिकै रहेको छ, यानिकी नेपालले सार्क वा अन्य मुलुकमा जति नै प्रगाढ सम्बन्ध भए पनि चीन र भारतसँग जति निकटता छ त्यति हुँदैन, हुँदैन र भारत र पाकिस्तानको विषयमा को नजिक भन्दा स्वाभाविक रूपमा भारतलाई रोज्नु सबै हिसाबले बुद्धिमानी हुन्छ । भारत र पाकिस्तानबिचको युद्ध रोकिन युद्धबिराम भएको साचारहरु आएका छ् यो स्वागतयोग्य छ, युद्ध भारत–पापकिस्तानमात्र होईन कुनैपनि मुलुकका लागि राम्रो होईन। अमेरिकाको मध्यस्ततामा रोकिएको भनिएको छ त्यसको श्रेयपनि अमेरिकालाई नै दिनुपर्दा हुन्छ, युद्ध रोक्ने मध्यस्थता अहिलेको २१ औं शताब्दीमा अत्यन्तै राम्रो कदम हो।

भारत–पाकिस्तानबीच टेलिफोन संवादपछि युद्धविरामको घोषणा, बिश्वमा छायो खुशीयाली