समाचार

विश्वभर पुर्याईने आचार्य समाजको प्रतिबद्धतासहित अध्यक्ष बाबुरामले गरे क्यालेण्डर विमोचन

२८ बैसाख, काठमाडौं । शनिबार आचार्य समाज केन्द्रीय समितिद्वारा प्रकाशित २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले २०८२ सालको क्यालेण्डरलाई विमोचन गरेका हुन् ।


अन्य औपचारिक कार्यक्रम नराखिएको र सातै प्रदेशमा क्यालेण्डर पठाईएको भन्दै नपाएका बन्धुहरुलाई समाजको नयाँबानेश्वरस्थीत कार्यालयमा सम्पर्क गर्न महासचिव शुभनराज आचार्यले जानकारी दिएका छन् । प्रवक्ता रामहरि आचार्यको नम्बर वेवसाईट (acharyasamaj.org) मा राखिएको जानकारी महासचिव शुभनराज आचार्यले जानकारि दिए ।


नपाएका जिल्लाहरुमा केहीदिनमा नै पठाईने प्रवक्ता रामहरि आचार्यको भनाई छ । नपाएको अवस्थामा प्रवक्ता आचार्यलाई सम्पर्क गर्न समाजले भनेको छ । समाजले झण्डै डेढ दशकदेखी नै खासगरि कौण्डिन्य गोत्रीय आचार्यहरुकोलागि आवश्यक क्यालेण्डर प्रकाशन गर्ने गरेको प्रवक्ता आचार्यले जानकारी दिए ।