२८ वैशाख, काठमाडौँ। यातायात व्यवस्था विभाग भक्तपुरले भोली सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। आज एक सूचना जारी गर्दै भोली सोमबार सार्वजनिक बिदा भए पनि दिउसो २ बजेसम्म सेवा प्रवाह गर्ने बताएको हो।
यातायात व्यवस्था विभागका सातौँ तहका अधिकृत मोहन प्रसाद धितालले जारी गरेको सूचनामा भोली सोमबार २ बजेसम्म मात्रै कार्यालय खुल्ने उल्लेख छ।
