राजनीति

राजावादीमाथि प्रधानमन्त्रीको खरो टिप्पणी: मिल्किसकेको राजतन्त्रको पछि लाग्न छोड्दिनुस्, राजसंस्था फर्किँदैन

२८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि नलाग्न आग्रह गरेका छन्। उनले आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने दाबी गरेका हुन्। 

 प्रधानमन्त्रीले ओलीले यसपल्टको जेठ १५ गते होइन अब आउने कुनै पनि जेठ १५ गते राजतन्त्र नफर्कने बताए। प्रतिगामीहरूको सपना साकार नहुने उनको भनाइ छ।

प्रधानमन्त्रीले  इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लागेर समय बरबाद पार्नु भन्दा  संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई आग्रह गरेका छन्। 

राजा फर्काउने भन्दै राजसंस्था पुनर्स्थापनाका लागी बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वले १५ जेठबाट अनिश्चितकालिन  जनआन्दोलन गर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए।  सोही आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीको भनाइ आएको हो।