२८ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूलाई आन्दोलनको नाम जेठ १५ मा अर्को बेलुनमा हावा नभर्न चेतावनी दिएका छन्। उनले राजावादीहरूले जेठ १५ गते काठमाडौँमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको खबर पाएको भन्दै चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसके र फेरी अर्को दुस्साहस नगर्न चेतावनी दिएका हुन्।
अध्यक्ष दाहालले सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो चैत १५ गते आफूहरूले एक चोट हान्दा राजावादीहरूको हावा भरिएको बेलुन फुटेको दाबी गरे। उनले अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे भन्ने सुनेको बताउदैं त्यो हुन नदिने चेतावनी दिएका हुन्।
तीनकुनेमा राजावादीहरूको वितण्डा देखिएको भन्दै अध्यक्ष दाहालले हत्यारा,मण्डले गुन्डाहरू अहिले पनि उही मण्डले गुण्डागर्दी हत्या, आतङ्कमा नै रमाई रहेको आरोप लगाए।