समाचार

टीआरसी अन्तर्गतका दुई आयोगमा पदाधिकारीको नाम सिफारिस

२८ वैशाख, काठमाडौँ ।  सङ्क्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा आज पदाधिकारीहरूको नाम सिफारिस भएको छ।

 सरकारले गठन गरेको सिफारिस समितिले सत्य निरूपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिला देवी गड्तौलाको नाम सिफारिस भएको बुझिएको छ। 

सिफारिस समितिले नाम सिफारिस गरे पनि सरकारले निर्णय लिइसकेको छैन। तर गोप्य राखिएको नाम आज सार्वजनिक भएको हो। तर द्वन्द्व पीडितहरूले सरकारले सिफारिस गरेका नाममा आफूहरूको सहमति नरहेको बताउँदै आएका छन्।

 आफूहरूको सहमति बिना नाम सिफारिस भए मान्य नहुने र समानान्तर समिति बनाउने चेतावनी दिएका थिए।