२८ वैशाख, काठमाडौँ । हिल्टन होटेलको विषयमा आएका टीकाटिप्पणीहरूको विषयमा उक्त होटेलले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्री डा आरजु देउवा र उक्त परिवार सङ्ग जोडेर आएका विषयहरूमा होटेलले स्पष्ट गर्दै अहिले सम्म उक्त होटेल बिक्री गर्ने कुनै पनि योजना जगदम्बा हस्पिटलिटि समूह प्रालीसँग नभएको बताएको छ ।
उक्त होटेलले विज्ञप्तिमार्फत भनेको छ, ‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडेर हुँदै नभएको विषय सिर्जना गरी सार्वजनिक यस्ता भ्रामक समाचारले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने छ, ‘यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने छ ।’
आज विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा नक्सालस्थित विशाल हिल्टन होटेल शेरबहादुर देउवा, आरजु एवं सुपुत्र जयवीर देउवाले किनेको भन्ने समाचार छ्यापछ्याप्ती भएपछि अन्तर्राष्ट्रिय चेन होटेलको रूपमा रहेको हिल्टनले विज्ञप्ति निकाल्दै उक्त कार्य गलत भएको भन्दै संलग्नलाई कारबाही गर्न कानुनी प्रक्रिया अपनाउने चेतावनी दिएको छ ।