२९ वैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन ।
त्यस्तै,राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन्। उनी व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।