समाचार

शिव सेना नेपालका अध्यक्षलाई दुई दिन अनुसन्धान गर्न अदालतको अनुमति 

२९ वैशाख, काठमाडौँ । प्रहरीले तीनकुने घटनामा  संलग्न भएको आरोपमा पक्राउ गरेको  शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई अनुसन्धानको लागी २ दिनको म्याद पाएको छ।

उनलाई हिजो आइतबार सुकेधाराबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले एक सूचना मार्फत जानकारी दिएका छन्। 

मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध अदालतले २ दिनको म्याद दिएको बताइएको छ।