२९ वैशाख, लुम्बिनी। लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दर्शकहरू नगएपछि कार्यक्रम स्थलमा राखिएका कुर्सी खालि देखिएका छन्।
अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा कुर्सी खाली देखिएका छन् भने छिटपुट मात्र दर्शक उपस्थित थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले छोटो सम्बोधन गरेका थिए।
करिब पाँच हजार दर्शक क्षमता भएको हलमा दर्शकहरू अत्यन्त न्यून उपस्थित भएपछि कार्यक्रम पनि छिट्टै सकिएको हो।