समाचार

प्रधानमन्त्री ओलीको दाबी: नेपालले बुद्धका सन्देशअनुसार संयमित हुन आग्रह गरेपछि भारत–पाकिस्तानको तनाव रोकियो 

२९ वैशाख, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धका उपदेशहरू आजको अशान्त र द्वन्द्वग्रस्त विश्वमा अझ बढी सान्दर्भिक रहेको बताएका छन् । उनले आज लुम्बिनीमा भएको २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

उनले ‘बुद्धका शिक्षाहरू-  शान्ति, सहिष्णुता, करुणा र मानवताको मूल आधार हुन्,’ उनले भने, ‘यी मूल्यहरू आत्मसात् नगरी विश्वमै शान्ति सम्भव नभएको बताए। 

प्रधानमन्त्री ओलीले हालै भारत–पाकिस्तानबिचको तनाव नेपालले बुद्धका सन्देशअनुसार संयमित व्यवहार र संवादमार्फत समस्या समाधानको आग्रह गरेको कारण रोकिएको दाबी गरे।

बुद्ध दर्शनको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारका लागि स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वभर बुद्धका विचार फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू  विश्वस्त रहेको बताए।