२९ वैशाख, काठमाडौँ । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिका र सडक विभागले निर्देशन दिएका छन्।
सोमबार संयुक्त सूचना जारी गर्दै तोकिएको समयभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, स्थानीय सरकार सञ्चालन ऐन र भवन मापदण्डअनुसार कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ।
