समाचार

फरार भनिएका एमाले सांसद प्रधानमन्त्री कै कार्यक्रममा अतिथि, पक्राउ गर्न प्रहरीलाई पर्‍यो दबाब 

२९ वैशाख, काठमाडौँ। प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिको विषयले चर्चा पाएको छ। आज लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिको लहरमा बसेको फोटो सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो। 

सांसद पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट एमालेबाट विजयी सांसद हुन्। उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले प्रधानमन्त्री सहभागी कार्यक्रममा खुलेआम देखिएका हुन् ।

सांसद पन्थी र उनका अर्का पाटनर देवराज खनाललाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री लगेर रकम नतिरेको आरोप लगाएको थियो। 

अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरे पनि उनी फरार सूचीमा थिए।