ब्रेकिङ न्युज

अपरेशन सिन्दूर पछि मोदीले भनेः तिनीहरूका भवनहरू मात्र होइन, भावना पनि ध्वस्त पारियो

२९ बैशाख, भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दूरपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै सुरक्षा बलको साहसको प्रशंसा गरेका छन्।

पाकिस्तानविरुद्धको कार्यलाई उल्लेख गर्दै उनले भनेका छन्, “हाम्रो मिसाइल र ड्रोनले पाकिस्तानका आतंकवादी अड्डाहरू ध्वस्त बनाएका छन्, तिनीहरूका भवनहरू मात्र होइन, तिनीहरूको भावना पनि ध्वस्त पारियो ।”

प्रधानमन्त्री मोदीले पाकिस्तानसँग वार्ता सम्बन्धमा भने, पानी र रगत एकसाथ बग्न सक्दैन। यदि वार्ता भयो भने, त्यो आतंकवादमाथि मात्र हुनेछ।