समाचार

जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै जनमत पार्टीकी सांसदले दिइन् राजीनामा 

३० वैशाख, काठमाडौँ। जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले आज सभामुखलाई एक पत्र लेख्दै जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएकोले आफूले पदबाट राजीनामा दिएको बताएकी छन्। 

लुम्बिनी प्रदेश सभा सदस्य गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

उनले सभामुखलाई सम्बोधन गरेर लेखेको पत्रमा राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छन्। त्यसै कारण आजैको मितिबाट सांसद पदमुक्त हुन राजीनामा पेस  गरेको पत्रमा भनिएको छ।