२८ बैसाख, काठमाडौं । आज कौण्डिन्य महासमाज केन्द्रीय समितिद्वारा प्रकाशित २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले २०८२ सालको क्यालेण्डरलाई विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रमा महासाजका पदाधिकारी सदस्यहरुलगायत बिशिष्ट कौण्डिन्य गोत्रीयहरुको उपस्थिति रहेको उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता बिष्णु प्रसाद बास्कोटाले बताए ।
अन्य औपचारिक कार्यक्रम नराखिएको र सातै प्रदेशमा क्यालेण्डर पठाईएको भन्दै नपाएका बन्धुहरुलाई समाजको नयाँबानेश्वरस्थीत कार्यालयमा सम्पर्क गर्न उपाध्यक्ष बास्कोटाले जानकारी दिएका छन् ।
नपाएका जिल्लाहरुमा केहीदिनमा नै पठाईने अध्यक्ष बाबुराम आचार्यले बताए । उनले नपाएको अवस्थामा कार्यसमितिका जोसुकैलाई सम्पर्क गरेपनि महासाजको क्यालेण्डर उपलब्ध हुने बताए । उनले क्यालेण्डरका लागि कुनै पनि शुल्क तिर्नुनपर्ने वा निःशुल्क हुने बताए । समाजले स्थापना कालदेखी नै खासगरि कौण्डिन्य गोत्रीय थरहरुकोलागि आवश्यक क्यालेण्डर प्रकाशन गर्ने गरेको मासचिव नारायन न्यौपानेले ले जानकारी दिए ।
आचार्य, न्यौपाने, बाँस्कोटा, पराजुली, साप्कोटा, लकाई खड्का, गैह्रे, बन्जारा, बन्जाडे, प्याकुरेल, पाठक, मराशिनी, त्रिताल, सत्याललगायतका कँैण्डिन्य गोत्तीय थरहरुका लागि क्यालेण्डर निःशुल्क हुने महासमाजले जनाएको छ । महासाजले ५४ भन्दा बढी कौण्डिन्य गोत्रीय थरहरुका लागि क्यालेण्डर निःशुल्क हुने निर्णय गरेको कोषाध्यक्ष बिस्वम्भर कृष्ण पराजुलीले स्पष्ट गरे । उनले विश्वभरका बन्धुहरुलाई क्यालेण्डर पुर्याईने बताए ।

