समाचार

अस्थायी रूपमा दुईतर्फी खुल्यो बिपी राजमार्ग

३० वैशाख, काठमाडौँ।  हिजो देखि अवरुद्ध बिपी राजमार्ग आज दिउसो देखि खुलेको छ। सडक विभागले जेसिभिको साहयताले बाटो मर्मत गरेपछि दुईतर्फी यातायात सञ्चालन हुन थालेको हो। 

अवरोध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ। हिजो रातीदेखि रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाए पछि राजमार्ग अवरुद्ध भएको थियो। 

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। सोही डाइभर्सन हिजोको बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो।