३० वैशाख, काठमाडौँ । गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ। आज सर्वोच्च अदालतमा सुनुवाइ पश्चात् न्यायाधीश विनोद शर्माको इजलासले यस्तो आदेश दिएको हो।
उक्त आदेश पछि आगामी ४ जेठमा दुवै पक्षलाई छलफलका लागी बोलाएको बताइएको छ।
अधिवक्ता नवीन धितालले अधिकारीको नियुक्ति गैर कानुनी भएको भन्दै रिट दायर गरेका थिए । रिटमा गभर्नर सिफारिस समिति अधिकारी गभर्नर बहाल रहेकै बेला गठन भएकोले समितिमा पूर्व गभर्नरको हैसियतमा अधिकारीलाई नियुक्ति गर्नु गैरकानुनी रहेको दाबी गरिएको थियो।