शिक्षा

दक्षिण कोरिया पढ्न जाने विद्यार्थीहरूको रोकियो एनओसी (यस्तो छ कारण) 

३० वैशाख, काठमाडौँ । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेको छ। 

डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना मार्फत जानकारी दिएको हो। 

पढाई भन्दा पनि बढी रोजगारीमा लागेको पाइएका, कालो सूचीमा रहेका विश्वविद्यालयहरूमा पनि विद्यार्थी पठाउने गरेको जस्ता कारणले पनि केही समयको लागी एनओसी स्थगित गरेको भनिएको छ।