समाचार

काँग्रेस सांसद माया राईलाई झन्डै साढे दुइ करोड बिगो माग, पक्राउ परेको १७ दिनमै मुद्दा दायर

३० वैशाख, काठमाडौँ । नेपाली काँग्रेसकी सांसद माया राईलाई  कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी गरेको आरोपमा मुद्दा दयार भएको छ। उनलाई  दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा परेको हो। 

जिल्ला सरकारी वकिल कार्यालय  काठमाडौँले उनी विरुद्ध पक्राउ परेको १७ दिनमै मुद्दा दायर गरेको हो । १३ वैशाखमा पक्राउ परेकी राईलाई यस अघि भने उन्मुक्ति दिएको थियो।  सहकारीको पैसा अपचलनमा उनको नाल जोडिएपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। 

उनी उक्त सहकारीको सहसचिव रहेको बताइएको छ । उनी पदाधिकारी रहेको स्वर्णलक्ष्मी सहकारीमा रहेका ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा मुद्दा परेको थियो। 

उनीसहित २१ जनाविरुद्ध अदालतमा मुद्दा परेको हो।